एनएमबि बैंकका ग्राहकलाई माई च्वाइस रातो भाले रिसोर्टमा विशेष छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवल स्थित माई च्वाइस रातो भाले रिसोर्टबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले माई च्वाइस रातो भाले रिसोर्टबाट प्रदान गरिएको सम्पूर्ण फुड आइटममा रिसोर्टको मेनुमा राखिएको मुल्यमा १५ प्रतिशत छुट पाउनेछन् ।
सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्ट र माई च्वाइस रातो भाले रिसोर्टका संचालक बलराम पान्डेले हस्ताक्षर गरेका छन् । एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र माई च्वाइस रातो भाले रिसोर्टका संचालक प्रकाश भट्टराईले सो हस्ताक्षर सम्झौता आदान प्रदान गरेका थिए ।
बैंकका अनुसार यो सम्झौता एकबर्षको लागि हुनेछ र दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ। सम्झौताले स्टाफ एवं बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएकाे छ ।
बैंकका अनुसार छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने छ ।
माई च्वाइस रातो भाले रिसोर्ट करिब २ करोड लगानीमा बनेको हो । नवलपरासी जिल्लाको सुनवल तुरिया पुल नजिकै होटेल अवस्थित छ । रिसोर्ट संचालक बलराम पाण्डेका अनुसार रिसोर्टमा करिव १५० भन्दा बढी सफा, ताजा र स्वादिष्ट आइट्महरु पाइन्छन् ।
















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया