शुक्रबार, वैशाख २५, २०८३

इरान र रुसका राष्ट्रपतिबीच वार्ता

मेरोन्यूज २०७९ फागुन २३ गते १४:३२

इरान र रुसका राष्ट्रपतिका बीचमा फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनमा वार्ता भएको इरानको राजधानी तेहरानबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

Advertisement
NiccNicc

सो समाचार अनुसार इरानका राष्ट्रपति इब्राहिम राइसी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा सोमबार फोनमा वार्ता भएको हो ।

उनीहरुका बीचमा सो अवसरमा दुई देशका बीचको आपसी सम्बन्धका साथै आर्थिक सहयोग र समन्वयका बीचमा कुराकानी भएको थियो ।इरानका राष्ट्रपतिको कार्यालयको वेबसाइटमा दिइए अनुसार सो वार्तामा आर्थिक सहयोगका क्षेत्रहरुका साथै त्यसलाई के कसरी आगामी दिनमा थप विस्तार गरी अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।

आर्थिक क्षेत्रमा भइरहेका सहयोग आदान प्रदान र लगानीका क्षेत्रहरुलाई आगामी दिनमा थप विस्तार कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको सो वेबसाइटमा जनाइएको छ । वार्ता खासगरी लगानीका क्षेत्रमा केन्द्रित रहेको र दुई देशका बीचको व्यापार र अन्तर्राष्ट्रिय व्यापार पारवहन लगायतका आर्थिक विषयमा केन्द्रित रहेको सो सूचनामा जनाइएको छ ।

प्रतिक्रिया