मंगलबार, वैशाख २२, २०८३

टर्की-सिरियाका भूकम्प पीडितलाई रोनाल्डोले पठाए सहयाेग

मेरोन्यूज २०७९ फागुन २४ गते १४:५०

काठमाडौं । फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्की भूकम्प पीडितहरूलाई सहयाेग पठाएका छन्।

Advertisement
NiccNicc

उनले त्यहाँका भूकम्प पीडितमा हेरचाहका लागि थुप्रै सामान भरिएको विमान पठाएका छन्। बेलायती अखबारको रिपोर्टअनुसार रोनाल्डोबाट पठाइएको सहयोगमा टेन्ट, मेडिकल सुविधा, तकिया, कम्बल, ओछ्यान, दूध, शिशुको खाना र खाद्य प्याकेजहरू समावेश छन्। रिपोर्टका अनुसार अनुसार रोनाल्डोले तीन लाख ५०,००० डलरकाे सहयाेग गरेका हुन् ।

उनकाे याे सहयाेगले आगामी दिनहरूमा अन्य खेलकुद व्यक्तित्वहरूलाई सहयाेगमा प्रेणना जाग्ने मिल्ने अाशा लिइएकाे छ ।

हालै टर्की र सिरियामा गएकाे विनाशकारी भूकम्पले ५०,००० भन्दा बढीको ज्यान लिएकाे छ भने दशौं हजार घाइते भएका छन् । भूकम्प हजारौं विस्थापित घरबार विहिन नै बनेका छन् ।

प्रतिक्रिया