आइतबार, माघ १८, २०८२

पौने पाँच नगदसहित हुण्डी कारोबारी पक्राउ

मेरोन्यूज २०७९ फागुन २६ गते १९:४७

काठमाडौँ । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगर प्रहरीले युवकलाई पक्राउ गरेको छ । प्रहरीले चार लाख ७५ हजार नगदसहित शुक्रबार पक्राउ गरेको हो । 

विराटनगर महानगर १५ का ३१ वर्षीय धर्मानन्द साहलाई चार लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौचर र एटीएम कार्डसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनलाई हुण्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया