शुक्रबार, वैशाख २५, २०८३

तेहरानको एक कम्प्लेक्समा आगलागी हुँदा ५ जनाको मृत्यु, ७ जना घाइते

मेरोन्यूज २०७९ फागुन २६ गते २०:२८

काठमाडौँ । तेहरान प्रान्तको रे काउन्टीस्थित खेतबारीमा रहेको अस्थायी कम्प्लेक्समा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएको इरानी समाचार एजेन्सी (इसएनए)ले शुक्रबार जनाएको छ ।

Advertisement
NiccNicc

उक्त भवनको कोठामा बिहीबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा २५० वर्ग मिटर क्षेत्रफलमा रहेको दहनशील पदार्थ आगोमा परेको र सो दुर्घटना भएको तेहरान फायर डिपार्टमेन्टका प्रवक्ता जलाल मलेकीले बताएका छन् । मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् ।

घाइतेहरुलाई मेडिकल सेन्टरमा पठाइएको र आगो नियन्त्रणमा लिएको मलेकीले बताए । उनले १० कोठा भएको उक्त कम्प्लेक्समा छिमेकी मुलुकका ४० जना विदेशी नागरिक बसेको बताएका छन् ।

प्रतिक्रिया