कांग्रेसले सरकारमा जाने मन्त्रीको काम मुल्यांकन गर्न निर्देशन समिति बनाउने
समितिमा दुई उपसभापति, दुई महामन्त्री र प्रवक्तालाई राखिने

काठमाडौँ । वर्तमान गठबन्धन सरकारमा जाने मन्त्रीहरूको काम मुल्यांकन गर्न प्रतिनिधि सभाको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले निर्देशन समिति बनाउने भएको छ ।
सभापति देउवाले सरकारमा जाने मन्त्रीहरूको कामको मुल्यांकन गर्न उपसभापतिद्वय पूर्वबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता डा. प्रकाशशरण महत रहेको मन्त्रीहरूलाई निर्देशन दिने म्याण्डेटसहितको निर्देशन समिति बनाउने बताएका हुन् ।
नेताहरूसँग देउवाले आफूले निर्देशन समिति बनाउने र त्यो निर्देशन समितिको निर्देशनबमोजिम सरकारमा जाने मन्त्रीहरूले काम गर्नु पर्ने बताएका एक नेताले जानकारी दिए ।
डा. महत अर्थमन्त्री बनेर सरकारमा जाने कसरत गरिरहेका बेला देउवाले निर्देशन समिति बनाएर उनलाई त्यही समितिमा थन्क्याउन लागेका हुन् । महामन्त्री थापाले यो ५ वर्षे कार्यकालमा आफू मन्त्री नबन्ने घोषणा गरेका छन् ।
उपसभापति खड्काले पनि आफू मन्त्री नबन्ने घोषणा २०७२ सालमै गरेका थिए । उपसभापति गुरुङ भने सरकारमा जान खुट्टा उचालेर बसेका थिए । तर, देउवाले निर्देशन समिति बनाउने भनेपछि उनी अन्यौलमा रहेको एक नेताले बताए ।
धेरे नेताहरूले पार्टीमा एकता कायम गर्न नेता डा. शेखर कोइरालाको नेतृत्वमा कांग्रेस वर्तमान सरकारमा जानु पर्ने सुझाइरहेका छन् ।
त्यस्तै अहिलेसम्म मन्त्री नबनेका र प्रत्यक्ष निर्वाचन जितेका नेतालाई मात्रै सरकारमा पठाउनु पर्ने सुझाव पनि धेरै नेताहरूले देउवालाई दिइरहेको उनको सचिवालयमा काम गर्ने एक सदस्यले जानकारी दिए ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
प्रतिक्रिया