निलम्बित डिएसपी केसीको तीन ठाउँमा घर, पाँच ठाउँमा जग्गा

काठमाडौँ । निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले स्रोत नखुलको सम्पत्तिबाट तीन वटा घर पाँच स्थानमा जग्गा किनेको प्रहरी अनुसन्धानमा देखिएको छ । पोखरा, काठमाडौ, बुटवलमा घर र जग्गा रहेको अनुसन्धानमा देखिएको प्रहरी स्रोतले बतायो ।
उनले डिउटीको क्रममा बरामद गरेको सुन र पैसा घूस लिएर खान खोजेको उनीबारे छानबिन गर्न गठित समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । ‘बदनियत राखेर लिन र खान खोजेको’ भन्दै समितिले प्रतिवेदन बुझाएको छ ।
डिएसपी केसीको छानबिन गर्न बनेको समितिका संयोजक (एसएसपी) चन्द्र कुवेर खापुङले आईजीपी धिरज प्रताप सिंहलाई प्रतिवेदन बुझाएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डीएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घूस’ लिएको घटना छानबिन गर्न समिति गठन गरिएको थियो । समितिमा प्रहरी प्रधान कार्यालयका एसपी काजीकुमार आचार्य, सिआइबीका डिएसपी दुर्गा दाहाल र दुई इन्स्पेक्टर सदस्य थिए ।
बुटवलस्थित टेलिकम कार्यालय अगाडिबाट सुनसहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो । सो विषयमा प्रहरीले छानबिन गर्दा बदनियत राखेको देखिएको छानबिन समितिले प्रतिववेदनमा उल्लेख गरेको छ ।
‘सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भए पनि डीएसपी केसीले बदनियत राखेको देखिन्छ, सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नु पर्नेमा डिएसपीले आफ्नो पदीय दायित्व पूरा गरेको देखिएन, यसमा बदनियत देखियो’, छानबिन समितिले प्रतिवेदनमा लेखेको समितिका एक सदस्यले बताए ।
प्रारम्भिक छानबिनमै केसीका ‘काठमाडौं, पोखरा र बुटवलमा घर र पाँच स्थानमा जग्गा भेटिएकाले त्यसबारे पनि छानबिन गर्न समितिले सिफारिस गरेको स्रोत बताउँछ ।
समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ । समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागि सो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ ।
डीएसपी केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहसचिव विनोदप्रकाश सिंहले पुस १४ मा निलम्बन गर्ने निर्णय गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तत्कालीन एसपी रवीन्द्र रेग्मी बिदा बसेको बेला डिएसपी केसीले भन्सार छलीको कपडा कारोबारीबाट पनि रकम लिएको तथ्य फेला परेको स्रोत बताउँछ ।
प्रहरी महानिरीक्षकको सचिवालयले गरेको छानबिनबाट उनको खातामा घुस बापत २ लाख ५० हजार रकम जम्मा भएको भेटिएको थियो । बेलहिया नाकाबाट भन्सार छलेर ल्याएको कपडा प्रहरीले बरामद गरेको थियो । तर, डिएसपी केसीले आर्थिक लाभ लिएर कपडा व्यापारीलाई नै जिम्मा लगाएको अनुसन्धानबाट खुलेको छ ।
















बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ
पाकिस्तानमा सडक दुर्घटना: ४जना को मृत्यु, २७ घाइते
यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया