नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यवसाय गरि छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आवद्ध रही कार्य गर्ने अभिकर्तालाई १ दिने तालिम प्रदान गरेको छ ।
कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कडेलको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत छनौट भएका २८० जना अभिकर्तालाइ धुलिखेल स्थित होटल सारथीमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए ।
उनले, विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिएका थिए । कम्पनीका उप प्रमुख कार्यकरी अधिकृत स्मृती राज कडेलले कम्पनीमा आवद्ध अभिकर्तालाई आफुले आत्मसात गरेको अभिकर्ता पेशालाइ व्यावसायिक बनाउने उदेश्यले कम्पनीले विभिन्न अभिकर्ता मैत्री मासिक तथा वार्षिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्तालाइ उत्कृष्ट प्रशिक्षण दिने गरि प्रेरणा, प्रगती र पेशागत उत्कृष्टता को नाराका साथ मासिक योजना मन्थन जारी गरिएको बताए ।
यो योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ता छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए । साथै उनले शाखा स्तरिय प्रथम द्वितीय र तृतिय हुन सफल अभिकर्ताहरुलाइ मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशिलप्रताप राणाले यश प्रकारको तालिमबाट अभिकर्ताले आफ्नो पेशामा उत्कृष्टता हासिल गरि प्रतिस्पर्धात्मक बजारमा आफुलाइ अब्बल साबित गर्न सक्ने बताए।
कार्यक्रममा साहभागी अभिकर्ताहरुले यस्ता उत्कृष्ट तालिमबाट आगामी दिनमा बीमा ब्यवसायमा अझ प्रगती गर्ने प्रेरणा मिलेको बताएका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफ्नो मिहिनेतको फल प्राप्त भएको र आगामी दिनमा अझ मिहेनतका साथ आफ्नो पेशालाइ अगाडि बढाउने बताएका थिए ।
















महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
Gold, silver prices decline
उम्मेदवारसँग मतदाताले भने : वन्यजन्तु र मानव द्वन्द्व व्यवस्थापन गर्नुस्
बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया