फिलिपिन्समा तेल चुहावटबाट एक लाख मानिस प्रभावित, १२२ जना बिरामी

काठमाडौं । फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्याङ्करबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् भने र १२२ जना बिरामी परेका छन् ।
प्रान्तीय गभर्नर हुमरलिटो डोलोरले सोमबार जनाएअनुसार फेब्रुअरी २८ मा डुबेको सो ट्यङ्कर ८ लाख लिटर क्षमताको भएको र त्यसबाट निस्किएको तेलको विस्तारलाई नियन्त्रण गर्न अधिकारीहरूले अझै पहल गरिरहेका छन्।
डोलोरले स्थानीय रेडियोलाई बताएअनुसार केन्द्रीय राजधानी मनिलाको दक्षिणपश्चिममा रहेको प्रान्तका १२२ बासिन्दाहरूमा त्यसबाट उत्पन्न खराबीले श्वासप्रश्वाससम्बन्धी समस्या र बान्ता र पखाला भोगेका छन् ।
‘पोला शहर धेरै क्षतिग्रस्त भएको र यसका सबै तटीय गाउँहरू तेलले ढाकेको छ,’ डोलोरले भने । शहरल भरि नै माछा मारेको जस्तो देखिएको छ भने समुद्री घाँस, कोरल र म्यान्ग्रोभहरू क्षतिग्रस्त भएका छन्।
पानी प्रदूषण र समुद्रको किनारमा परेको तेलको गन्धका कारण समुद्री दुर्घटना भएको समाचार आएपछि अधिकारीहरूले माछा मार्नेहरूलाई माछा मार्न रोक्न आग्रह गरेका थिए । फिलिपिन्सको युनिभर्सिटीको मरिन साइन्स इन्स्टिच्युटले यसबाट तटीय माछा, कोरल, क्रस्टेशियन, मोलस्क, समुद्री घाँस र म्यान्ग्रोभको उच्चता भएको र देशका अन्य क्षेत्रहरूमा पुग्ने खतरा रहेको पनि औल्याएका छन् ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सरकारी एजेन्सीहरूलाई तेलबाट उत्पन्न असरलाई नियन्त्रण गर्न निर्देशन दिएका दिनु भएको छ । उक्त तेल ट्याङ्कर लुजोन टापुको बटान प्रान्तबाट मध्य फिलिपिन्सतर्फ ८ लाख लिटर औद्योगिक तेल ढुवानी गर्न जाँदै गर्दा ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको थियो ।
















काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया