नेपाललाई युएईले दियो ३११ रनको विशाल लक्ष्य
मेरोन्यूज
२०७९ चैत २ गते १३:१९

काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा युएईले नेपाललाई ३१०
रनको लक्ष दिएको छ ।
टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गर्यो।
यूएईका लागि आसिफ खानले शतक पार गरे । आसिफले ४२ बल खेल्दै ४ चौका र ११ छक्का प्रहार गरि १०१ रन बनाए । कप्तान मोहमद वसिम र भिर्टिया अबिन्द्रले अर्धशतक पार गरे ।
त्यस्तै वसिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रन बनाए । अबिन्द्रले १३८ बलमा ९४ रन बनाए । यूएईका रोहन मुस्तफाले २० रन बनाए ।
नेपालका लागि बलिङमा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । त्यस्तै, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाले नेपाल विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने अवसर पाउने छ ।
सम्बन्धित
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया