विश्वासको मत माग्दै प्रधानमन्त्रीको सम्बोधन
संसद् विघटनको खुला पक्षपोषण ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौती थियोः प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेको संसद् विघठनको विषय संसद्मै उठाएपछि पहिलो संसद् बैठकमा उठेपछि संसद्मा स्थायित्वमा प्रश्न उठेको बताएका छन् ।
संसद्मा विश्वासको मत लिने प्रस्ताव पेस गर्दै प्रधानमन्त्री दाहालले संसद्को विघटनको खुला पक्षपोषण ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौती भएको बताए ।
‘संसद्मा पहिलो दिन नै संसद विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो र त्यसले सिंगो देश तरंगित भयो । त्यो विषयको उठान न सान्दर्भिक थियो न प्रासंगिक । मुलुकमा ठूलो संवैधानिक र राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय पनि थिएन,’ प्रधानमन्त्री दाहालले भने, ‘दुई दुई पटक सम्मानित सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भइसकेको त्यस्तो अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्र बढाएन, संविधान र लोकतन्त्रको निरन्तरता एवम् संसदको स्थायित्वमै प्रश्नचिन्ह खडा ग¥यो । दुःखका साथ भन्नुपर्छ, लगभग सिंगो संसदको विश्वासको मत पाएको प्रधानमन्त्रीलाई त्यही संसदको विघटनको खुला पक्षपोषण ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौती थियो ।’
संसद् विघठनको विषय संसद्मा र बाहिर नउठाउने भन्दै गठबन्धन गर्दा भएको सहमति नेकपा एमालेले तोडेको बताए । दाहालले त्यही सहमति तोडिएकाले नै गठबन्धमा अविश्वास पैदा भएको बताए ।
‘विगतका असमझदारीलाई नउठाउने सहमति गरेका थियौँ । तर, तोड्ने काम भयो,’ प्रधानमन्त्रीले भने, ‘दुई दुई पटक सर्वोच्च अदालतले असंवैधानिक भनिसकेको विषयलाई नउठाँउ भन्दा उठाइयो । गठबन्धनमा असमझदारी त्यहीँबाट उत्पन्न भयो ।’
राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन गर्ने प्रस्तावपछि एमाले र राप्रपाले आफुलाई दिएको विश्वास फिर्ता लिएको प्रधानमन्त्री दाहालले बताए । राष्ट्रप्रमुख राष्ट्रिय सहमतिको हुनुपर्छ भन्ने आफ्नो प्रस्ताव नाजाहेज थियो र भन्ने प्रश्न पनि संसद्मा प्रधानमन्त्रीले गरे ।
संवोधनको पूर्णपाठ
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया