अफगानिस्तानको जुर्ममा भूकम्प जाँदा ११ जनाको मृत्यु

काठमाडौँ गयराति अफगानिस्तानको जुर्म भन्ने स्थानमा गएको भूकम्पमा परि कम्तिमा ११ जनाको मृत्यु भएको छ । सय बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) ले राति १० बजेर १७ मिनेटमा गएको भूकम्प ६.५ म्याग्निच्युडको रहेको बताएको छ । जुर्म भन्ने स्थान अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दूरीमा पर्छ ।
भूकम्पबाट अफगानिस्तानको उत्तरपूर्वी प्रान्त लाघमानमा दुई जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले पुष्टि गरेको समाचार माध्यमहरूले जनाएका छन् । पाकिस्तानको उत्तरी क्षेत्रमा पर्ने खैबर पख्तुनख्वा प्रान्तमा दुई जना बालबालिकासहित कम्तिमा नौ जनाको मृत्यु भएको पनि समाचारहरूमा जनाइएको छ ।
भुइँचालोको कम्पनका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएका छन्।
पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भूक्म्पको ठूलो कम्पन महसुस गरिएको थियो। भारतको राजधानी दिल्ली र उत्तरी भारतका अधिकांश हिस्सामा पनि कम्पन महसुस गरिएको थियो।
यो भूकम्पको तरंग जमिनको सतहभन्दा २१२ किलोमिटर मुनिबाट सुरू भएको थियो।
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया