शनिबार, चैत १४, २०८२

छिमेक लघुबित्तको साधरण सभा आज, बोनस सेयर बाडिने

मेरोन्यूज २०७९ चैत १० गते ८:३७

काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा आज बस्दैछ । 

Advertisement
nepal life insurencenepal life insurence

बाग्मती प्रदेशको राजधानी हेटौडामा बस्ने सो साधारण सभाले बोनस सेयर र लाभांस पारित गर्ने कार्यतालिका रहेको छ । 

बैंकका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २२ प्रतिशत बोनस सेयर तथा  कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद लाभांश गरी कुल २५.२६ प्रतिशत लाभांश पारित गरिनेछ ।

आफ्नो अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँलाइ बृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउन लागेको छिमेकीले बोनस सेयर जारी गर्ने र वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउने सम्बन्धि विशेष प्रस्तावसमेत पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया