महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ ।
गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बताए ।
पालिकाभित्रका महिला स्वास्थ्य स्वयंविकालाई सूचना प्रभावकारी गर्नका लागि सादा मोबाइल सेट वितरण गरिएको छ । स्वास्थ्य शाखा प्रमुख चौलागाईंले भने, “गाउँपालिकाको वडा नं १, २ र ३ का २६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई बिहीबार मोबाइल वितरण गरिएको छ ।”
गाउँपालिकाका बाँकी वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई पनि मोबाइल वितरण गरिने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा रिपोर्टिङ गर्न तथा सूचना आदानप्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको छ ।
हेर्दा सानो काम भए पनि ग्रामीण भेगका महिलालाई स्वास्थ्य सेवासम्बन्धी कुनै जानकारी र सेवा प्रवाहमा सहज होस् भनेर पालिकाले उक्त काम गरेको अध्यक्ष चौलागाईंको भनाइ छ ।
महिला स्वास्थ्य स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा दिएकामा यहाँका महिलालाई राहत पुगेको बताइन् । स्वास्थ्य स्वयंसेविका मोतीपुरा रावतले नेपाल सरकार र स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको जीवनयापनका विषयमा ध्यान दिन आवश्यक रहेको जानकारी दिइन् ।
महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक पाँच सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको छ । सङ्घीय सरकारले बर्सेनि पोशाकसहित २२ हजार उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।















टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
रेशम चौधरीको उम्मेदवारी खारेज
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
शुक्रबारदेखि मौसम बदली, यी स्थानमा वर्षा र हिमपात
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया