सेनामा पाण्डेलाई प्रधानसेनापति बनाउन लबिइङ !

काठमाडौं । नेपाली सेनाका डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन्स (डिजिएमओ) ताराध्वज पाण्डेलाई भावी प्रधानसेनापति बनाउने गरी तयारी थालिएको छ ।
पछिल्लो समय पाण्डेलाई भावी प्रधानसेनापतिको रुपमा हेर्न थालिएको र उनलाई सकुशल प्रधानसेनापति बनाउने विषयमा छलफल थालिएको निकट स्रोत बताउँछ ।
त्यसका लागि जर्नेल यम सापकोटाको समारोह प्रबन्धबाट हेटौंडा पृतना सरुवा गरिएको छ । ‘सापकोटालाई त्यहाँ सरुवा गराउने योजना पनि पाण्डेले नै मिलाएका हुन्’, स्रोतले भन्यो ।
सापकोटाको ठाउँमा बुटवल बाहिनीका नवराज गुरुङलाई ल्याइएको छ । त्यसअघि महाराजगञ्जस्थित निर्मल निवास पछाडिको चुनदेवी मन्दिर नजिकै पाण्डेको निवासमा फागु पूर्णिमाको दिन ‘होली डिनर’ को आयोजना गरिएको थियो । डिनरमा पाण्डेका जर्नेल सम्धी सापकोटा र तीन तारे जर्नेलहरुको उपस्थिति थियो ।
सरोजप्रताप राणा, सीताराम खड्का र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका एडिसी निरज पौडेलका साथै पूर्व तीन तारे जर्नेलमध्ये पवन पाण्डे पनि डिनरमा भेला भएको बताइन्छ ।
डिनरको निचोड भने ताराध्वजलाई कसरी सकुशल आगामी प्रधानसेनापति बनाउने र अहिलेको सरुवालाई व्यवस्थापन गर्ने रहेको स्रोतले जनाएको छ ।
दुई जना उपरथीहरु पाण्डे र खड्काको म्याद मन्त्रिपरिषदले २०७८ पुस ३० गते थप गरेको थियो ।
२०८१ साल भदौ २४ गते ३ वर्षे कार्यकाल पूरा गरेर प्रभुराम शर्मा नेपाली सेनाको नेतृत्वबाट बाहिरिन्छन् । त्यसपछि अहिले दुई वर्षे कार्यकाल थप भएका उपरथी पाण्डे शर्माको उत्तराधिकारी भएर नेपाली सेनाको ४५ औं प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने लबिइङ भइरहेको छ ।
उपरथी पाण्डे हालका रथी सरोज प्रताप राणा २०८० साल कात्तिकमा अवकास भएपछि रथीमा बढुवा हुने छन् ।
उपरथी ताराध्वज पाण्डेको दुई वर्ष कार्यकाल थप गरेर प्रधानसेनापति बन्ने वातावरण बनाउनका लागि पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापा र जर्नेल पवन पाण्डेले आफ्नो सम्पूर्ण शक्ति उपयोग गरेर लविङ गरेको चर्चा पनि सेनामा चलेको थियो ।
















प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया