बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक

काठमाडौं । बज्र समूह अन्तर्गत सञ्चालनमा रहेको इभी नेपाल मोटर्स प्रा.लि.ले एलभीनेङ (LVNENG) ब्राण्डका नयाँ स्कुटर सार्वजनिक गरेको छ।
नक्सालस्थित इभी नेपाल मोटर्सको सोरूममा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै एलभीनेङ ब्राण्डका इलेक्ट्रिक स्कुटर मोडलहरू X1, X2, NCS र T05 सार्वजनिक गरेको हो।
शुक्रबार सार्वजनिक भएका सवारी साधनहरू अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार निर्माण गरिएको र दिगो, सुरक्षित तथा किफायती यातायात समाधान प्रदान गर्ने उद्देश्यले बजारमा ल्याइएका इभी नेपालले जनाएको छ।
कम्पनीका अनुसार, विद्युतीय सवारी साधनहरूमा Graphene Technology को प्रयोग गरिएको छ, जसले ब्याट्रीको कार्यक्षमता, दीर्घायु तथा छिटो चार्ज हुने क्षमतालाई सुनिश्चित गर्दछ। यस पहलले “Green City, Clean City” अभियानलाई आत्मसात गर्दै वातावरण संरक्षणमा योगदान पुर्याउने लक्ष्य राखेको इभी नेपालका सेल्स म्यानेजर जुद्ध बहादुर वि.क.ले जानकारी दिए।
कम्पनीले सार्वजनिक गरेको नयाँ स्कुटरको नयाँ मोडेको को मूल्य निम्न अनुसार रहको बताएको छ, जसमा T05 –एक लाख ४९ हजारदेखि, X2 – रु. एक लाख ६९ हजार, X1 को रु. एक लाख ८९ हजार र NCS (High Variant) को रु. दुई लाख ३५ हजारसम्म रहेको र ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ।
यसअन्तर्गत, मात्र रु. ९९९ मा बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ, र बुकिङ गर्ने ग्राहकहरूले रु. ९ हजार ९ सय ९९ सम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।
इभी नेपाल मोटर्स प्रालिले ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले ललितपुरको धोलााहिटी मा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
जहाँ विद्युतीय सवारीहरूको नियमित मर्मतसम्भार, सर्भिसिङ तथा स्पेयर पार्ट्स किफायती मूल्यमा उपलब्ध गराइँदै आएको छ। कम्पनीले बिक्रीपछिको सेवालाई उच्च प्राथमिकतामा राख्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कम सञ्चालन खर्च, वातावरणमैत्री प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट परफर्मेन्सका कारण यी स्कुटरहरू नेपाली उपभोक्ताका लागि उपयुक्त विकल्प बन्ने विश्वास कम्पनीले लिएको छ। ग्राहकहरूले स्कुटर क्यास, फाइनान्स तथा एक्सचेन्ज सुविधा मार्फत खरिद गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
कम्पनीले नेपालभर विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्दै स्वच्छ, सुरक्षित तथा किफायती यातायात प्रणाली विकासमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ। कम्पनीले आगामी दिनहरूमा आफ्नो बिक्री तथा सेवा सञ्जाल थप बिस्तार गर्ने योजना समेत अघि सारेको छ।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया