शनिबार, वैशाख २६, २०८३

फेसबुकका संस्थापक मार्क जुकरबर्ग बने तेस्रो सन्तानको पिता

मेरोन्यूज २०७९ चैत १२ गते १३:१२

फेसबुकका संस्थापक मार्क जुकरबर्ग तेस्रो सन्तानको पिता बनेका छन् । उनकी श्रीमती प्रिसिला चानले छोरीलाई जन्म दिएकी हुन् । जुकरबर्गले फेसबुक र इन्स्टाग्राम पोस्टमार्फत उक्त जानकारी दिएका हुन्।

Advertisement
NiccNicc

उनले तस्विर सेयर गर्दै लेखेका छन्, ‘विश्वमा स्वागत छ, ओरिलिया चोन जुकरबर्ग। तपाई साँच्चै भगवानको सानो आशीर्वाद हुनुहुन्छ।’ मार्क जुकरबर्ग र प्रिसिलाको यो तेस्रो सन्तान हो । यसबाहेक उनकी ५ वर्षकी छोरी ‘अगस्ट’ र ७ वर्षकी छोरी ‘मेक्सिमा’ छिन् ।

जुकरबर्गले २ तस्विर पोष्ट गरेका छन्, एउटा तस्विरमा जुकरबर्ग नवजात शिशुलाई हेरेर मुस्कुराएको देख्न सकिन्छ । दोस्रो तस्बिरमा, प्रिसिला चानसँग नयाँ जन्मिएको बेबी देखिन्छ। जुकरबर्गको याे पोस्टमा मानिसहरूले लगातार कमेन्ट गरेर दुवैलाई बधाई दिइरहेका छन् ।

प्रतिक्रिया