शनिबार, वैशाख २६, २०८३

ब्रेकअपबाट निराश युवाहरूलाई सहयोग गर्दै न्युजिल्यान्ड सरकार

मेरोन्यूज २०७९ चैत १२ गते १५:३९

न्युजिल्यान्ड सरकारले प्रेम सम्बन्धमा ब्रेकअप भएपछि निराश भएका युवाहरूलाई सहयोग गर्न अभियान सुरु गरेको छ । यसमार्फत १६ देखि २४ वर्ष उमेर समूहका युवालाई डिप्रेसनबाट बचाउने अभियान चलाइएको छ । यसका लागि सरकारले नै बजेट सार्वजनिक गरेको छ ।

Advertisement
NiccNicc

न्यूजिल्याण्डको वेबसाइट RNZ का अनुसार यो अभियानका धेरै उद्देश्य छन्। सबैभन्दा पहिलाे हो प्रेम सम्बन्ध टुट्यो भने युवाले निराश नभई साे अवस्थाको सामना गर्न सक्ने बनाउनु । यसका साथै उनीहरूलाई परिवारका जिम्मेवार सदस्य बन्न र कुनै पनि प्रकारको घरेलु हिंसामा नलिने तालिम पनि दिइनु । यो विश्वमा पहिलो सरकारी अभियान हो, जसको लागि सरकारले रकम पनि दिइरहेको छ।

बेलायती पत्रिका द गार्डियनका अनुसार यो अभियानलाई लभ ब्याटर नाम दिइएको छ । ब्रेकअपको कारण दुखी भएका युवाहरूले टेक्स्ट, फोन वा इमेल मार्फत Youthline लाई सम्पर्क गर्न सक्छन्। यसका लागि सरकारले प्रारम्भिक बजेट ६.४ मिलियल डलर (करिब ८४ करोड) राखेकाे छ ।

-एजेन्सी

प्रतिक्रिया