सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत नदिने
मेरोन्यूज
२०७९ चैत १२ गते १६:५४

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत नदिने भएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले उक्त आदेश गरेको हो । ‘मुद्दामा अंग पुगी पेशीको तारेख तोकिएको मिसिल संलग्न तारेख भर्पाइबाट देखिँदा प्रस्तुत मुद्दामा फैसला हुँदाको बखत कानूनबमोजिम हुने नै हुँदा हाल निवेदन मागबमोजिम क्षतिपूर्ति भराइदिनु पर्ने अवस्था देखिएन,’ आदेशमा भनिएको छ ।
जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका सन्दीपलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।
उच्च अदालतको आदेशमा विदेशमा जान प्रतिबन्ध लगाइएकोमा सर्वोच्च अदालतले सर्तसहित फुकुवा गरेको थियो ।
सम्बन्धित
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया