लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने

काठमाडौँ।स्वस्थानी देवी एवं माधवनारायण मेलाको अन्तिम दिन आज लाखौँ भक्तजन साँखुस्थित शालीनदी पुगेका छन् । साँखुस्थित शालीनदीमा लाग्ने माधवनारायण मेलाको अन्तिम दिन परेकाले एकै दिन हजारौँ भक्तजन आएका शालीनदी सुधार तथा व्यवस्थापन समितिले जनाएको छ ।

एकै दिन हजारौँ भक्तजन आएपछि व्यवस्थापनका लागि मुस्किल परेको समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिए । शुक्रबार र शनिबार पनि शालीनदीमा हजारौँ भक्तजन पुगेका थिए । भक्तजन धेरै भएपछि आज थलीदेखि सवारी चाप बढेको समितिले जनाएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म शालीनदी मेला लाग्छ । यस अवधिमा यहाँ आएर स्नान गरेर माधवनारायण र स्वस्थानी देवीको पूजाआराधना गरेमा पुण्य पाइने धार्मिक विश्वास छ ।

यही विश्वासका साथ बर्सेनि यहाँ हजारौँ भक्तजन आउने गरेका छन् । एक महिना अघिदेखि सुरु भएको माधवनारायण मेला आज सकिने समितिले जनाएको छ । यस वर्ष १६२ महिला र १५ पुरुषले माधवनारायणको कठोर व्रत गरिरहेका छन् । आज राति माधवनारायणका वर्तालुले अश्वमेध यज्ञ गरी व्रत समापन गर्ने समितिले जनाएको छ ।

















लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया