प्रहरीमा पहिलो पटक तीन महिला एआइजीपी

काठमाडौँ । नेपाल प्रहरीमा पहिलो पटक तीन अतिरिक्त महानिरीक्षक (एआइजीपी) हुने भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले उपत्यका ट्राफिक प्रकरी कार्यालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डिआइजीपी)मिरा चौधरीलाई बढुवा गर्न सिफारिस गरेपछि एक पटक तीन महिला एआइजीपी हुने निश्चित भएको हो ।
यसअघि प्रहरी अस्पताल निर्देशकका रुपमा एआईजी डा. आशा सिंह कार्यरत थिइन् । गतसाता किरण बज्राचार्य जनपदतर्फ नै एआईजीपीमा बढुवा गरिएको थियो । उनीसँगै बढुवा भएका बसन्त कुँवर प्रहरी महानिरीक्षक बनेका छन् ।
नेपाल प्रहरीको इतिहासमा एकसाथ तीनजना महिला एआईजीपी भएको पहिलो पटक हो।
डा. सिंह २०७६ पुस ३ गते अस्पताल प्रमुख डा. दुर्गा थापाले अवकाश पाएपछि साढे तीन वर्ष पहिले नै एआईजी भएकी थिइन्।
जनपदतर्फ पहिलो एआइजीपीका रूपमा बढुवा भएकी पूजा सिंहका गत फागुन ७ गते उमेरहदका कारण अवकाश भएको छ । सिंहको अवकाशसँगै नेपाल प्रहरीमा रिक्त भएको ५ एआईजीपी पदमा किरण बज्राचार्य बढुवामा परेकी थिइन्।
अब किरण र मीरा करिब २ वर्ष एआइजीपीका रूपमा प्रहरी सेवामा रहनेछन् । उनीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन्।
उनीहरु डीआईजीसम्म सँगसँगै बढुवा भएका थिए ।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया