मेयर्स कपः मधेस प्रदेशसँग हारेसँगै ललितपुर बाहिरियो

काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्स–११ मधेस प्रदेशसँग १ विकेटले पराजित भएसँगै बाहिरिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मधेसले ललितपुरलाई १ विकेटले पराजित गरेसँगै बाहिरिएको हो । ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेसले १९.२ बलमा ९ विकेट गुमाएर पूरा गर्दा मधेसले रोमाञ्चक जित निकालेको हो ।
मधेसका लागि सरस्वती चौधरीले ३२ रन बनाइन् । ओपनर अलिशा यादवले सर्वाधिक १६ रन बनाइन् । सिमा कँुवरले १५ रन बनाईन । ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान २÷२ तथा कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले समान १÷१ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स–११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको थियो । ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक ३४ रन बनाउँदा सोनीले ४३ बलमा ३ चौकाको सहयोगमा ३४ रनको पारी खेलिन् । लक्ष्मी चौधरीले २७ बलमा २३ रन बनाउँदा श्रृष्टि जैशीले अविजित १५ रन बनाइन् । मधेसका लागि सरस्वती कुमारीले २ तथा रोजी कडारी, अनुराधा चौधरी र कप्तान कविता गौतमले समान १÷१ विकेट लिइन् ।
प्रतियोगिता अन्तर्गत सोमवार नै भएको अर्को खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित ग¥यो । सुदूरपश्चिमले दिएको ८३ रनको लक्ष्य कोशीले १५.३ ओभरमा १ विकेट गुमाएर भेटाएको हो । जवाफी ब्याटिङ गर्ने क्रममा काजल श्रेष्ठले अविजित ४० तथा अप्सरी बेगमले अविजित ४ रनको पारी खेले । यसअघि कप्तान रुबिना क्षेत्रीले २८ रनको योगदान गरेकी थिइन् । एक मात्र विकेट कवित जोशीले लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.५ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोडेको थियो । सुदूरपश्चिमका लागि कप्तान बिन्दु रावलले ३० रन बनाउँदा सम्झना खड्काले १६ तथा रितु कनोजियाले १३ रनको पारी खेलिन् । सुदूरपश्चिमका पाँच खेलाडी शुन्यमा पवेलियन फर्किएका थिए । बलिङतर्फ रुबिना क्षेत्री र अप्सरी बेगमले समान ३÷३ विकेट लिए । ज्योती दनुवारले १ विकेट निकालिन् । प्रतियोगितामा मंगलवार एपिएफ क्लव र ललितपुर मेयर्स–११ तथा कोशी र मधेस प्रदेशबीच खेल हुनेछ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया