ललितपुर मेयर कपः एपीएफ क्लब फाइनलमा

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ क्लबले लिग चरणको अन्तिम खेलमा आज आयोजक ललितपुर मेयर्सलाई ३७ रनले पराजित गरेको हो । खेलमा एपीएफका लागि राजमती ऐरीको उत्कृष्ट खेल प्रदर्शन गरिन् । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफ क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा छ विकेट गुमाएर एक सय १० रन बनाएको थियो । एक सय ११ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्सले २० ओभरमा आठ विकेट गुमाउँदै ७३ रन मात्र बनाउन सक्यो ।
एपीएफका लागि राजमती ऐरीले अविजित ४१, कप्तान सीता राना मगरले १९ र बिनु बुढाले १२ रन बनाइन् ।
बलिङतर्फ ललितपुर मेयर्सकी सिमाना केसी र सृष्टी जैसीले दुई÷दुई तथा सोनी पाख्रीन र मनिषा उपाध्यायले एक÷एक विकेट लिइन् ।
ललितपुर मेयर्सका लागि ब्याटिङ गर्दै सोनी पाख्रीनले १५ तथा लक्ष्मी चौधरी र सिमाना केसीले १०÷१० रनको योगदान दिए ।
बलिङतर्फ एपीएफ क्लबकी राजमती ऐरी र बिनु बुढाले दुई÷दुई तथा इन्दु बर्मा, सीता राना मगर र शुष्मा श्रेष्ठले एक÷एक विकेट लिन सफल भए ।
एपीएफ क्लब लिग चरणका चारवटै खेल जितेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले लिग चरणको एक खेल अगावै उपाधि भिडन्त पक्का गरेको थियो । आयोजक ललितपुर मेयर्स लिग चरणका चारवटै खेलमा जितबिहीन रह्यो ।
ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुरस्थित मैदानमा अर्को खेल मधेस प्रदेश र कोशी प्रदेशबीच हुँदैछ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया