प्रहरीमा एउटै व्याचका अधिकृतहरू आइजीपी, एआइजीपी र डिआइजीपी

काठमाडौं । नेकपा माओवादीले गृह मन्त्रालय राख्ने कि नेकपा एसले लिने भन्ने दोधार चलिरहेको बेला हतारमा चार एआइजीको बढुवा निकालिएको छ ।
गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सोमबार नेपाल प्रहरीका रिक्त ४ अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवा सिफारिस गरेसँगै उनीहरुको बढुवा निश्चित भएको हो ।
नेपाल प्रहरीमा अहिले एउटै व्याचमा तीन तह देखिएको छ । आइजीपी, एआइजी र डिआइजी एउटै व्याचबाट भएका छन् । उनीहरुमध्ये निकै काबिल अफिसर एआइजी हुनबाट छुटेका छन् ।
नवनियुक्त आईजीपी बसन्तबहादुर कुँवरले पदबहाली गरेको भोलिपल्टै एआईजी बढुवा सिफारिस गरिएको छ । सरकारले पूर्णता नपाइसकेको र गृहमन्त्री समेत नभएको अवस्थामा हतार हतार एआइजी बढुवा सिफारिस गरिएको छ ।
कुँवरलाई आइजीपी नियुक्त गरिएकै दुई दिनपछि हतारमा एआइजी बढुवा सिफारिसमा गरिएपछि प्रहरीमा पनि हलचल पैदा भएको छ ।
प्रधानमन्त्रीको नीजि सचिवलायबाटै आएको सूचीलाई गृह मन्त्रालयले एआइजीमा सिफारिस गरेको थियो । डीआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङ बढुवा सिफारिसमा परेका छन् ।
उनीहरुसँगै भर्ना भएका बसन्तबहादुर कुँवर आइजीपी भए । टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजी बढुवा भए ।
तर सँगै भर्ना भएका उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा भने डीआईजीमै घर जाने अवस्था आएको छ । ३० वर्षे सेवा अवधि नहटे वा एआइजीको दरबन्दी नथपिए उनीहरु डिआइजीबाटै घर जानेछन् ।
सरकारलाई समर्थन गरेको र सहभागी समेत हुन लागेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश घर भएका डीआईजीहरु उमेशराज जोशी, रामदत्त जोशी, दुर्गा सिंह पनि एआइजी बढुवामा छुटेका छन् । उनीहरु तुलनात्मक रुपमा राम्रा र काविल अधिकृत मानिन्छन ।
रामदत्त जोशी त डडेलधुराकै हुन् । यिनीहरु प्रहरीमा क्षमतावानमै पर्दछन् । कार्यक्षमतामा निकै अब्बल मानिएका अधिकृतका रुपमा छवि बनाएका उनीहरु मात्र होइन, डीआईजी भीमप्रसाद ढकाल, पोषराज पोखरेल, बुद्धिराज गुरुङ पनि एआइजीको बढुवामा सिफारिस भएनन् ।
उनीहरुभन्दा पछि बढुवा भएका सुदीप गिरी र टेकप्रसाद तामाङ बढुवा हुँदा पनि उनीहरुलाई छुटाइयो । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको आफन्त रहेकी किरण राणा पनि बढुवा सिफारिसमा पर्न सकिनन् ।
‘केही गरी अरु दलको हातमा गृह मन्त्रालय गएमा आफूले भनेका डिआइजीहरुलाई बढुवा गर्न नसकिने भएकाले हतारमा एआइजी सिफारिस गरिएको हो । केही दिनमा एसएसपीहरुलाई डिआइजीमा सिफारिस गर्न लगाउने प्रधानमन्त्रीको स्वकीय सचिवालयको तयारी छ’, स्रोतले भन्यो ।
नेकपा माओवादीले नै गृह राख्ने योजनाका साथ केही दिन आफू अनुकुलका प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरिसकेको छ । अयोग्य लडाकुको विवरण संकलन गर्न सहयोग पुग्ने गरी सिडियोहरुको सरुवा गरिएको थियो ।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया