मंगलबार, वैशाख २२, २०८३

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम एक-दुई हप्तामै सुरू हुन्छ : प्रधानमन्त्री

मेरोन्यूज २०७९ चैत १६ गते १२:२०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयमा एक–दुई हप्ताभित्रमा निर्णय हुने बताएका छन्।

Advertisement
NiccNicc

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यासपछि प्रधानमन्त्री दाहालले एक–दुई हप्तामा निर्णय गरेर क्रिकेट रंगशाला निर्माणको काम सुरू गर्ने बताए।

‘क्रिकेट रंगशालाको विषयमा मलाई लाग्छ एक हप्ता या दुई हप्ताभित्र सबै समस्या समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ,’ प्रधानमन्त्री दाहालले भने ।

भरतपुरमा बनिरहेको रंगशाला आर्थिक अभावका कारण अलपत्र बनेको छ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’को नेतृत्वमा धुर्मुस–सुन्तली फाउण्डेशनले बनाएको रंगशालाको काम २०७८ सालको साउन देखि रोकिएको छ। करिब १८ करोड रुपैयाँ उधारो तिर्न नसकेपछि कट्टेलले भरतपुर महानगरपालिकालाई रंगशालाको स्वामित्व हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया