शनिबार, वैशाख १९, २०८३

केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

मेरोन्यूज २०७९ चैत १७ गते ७:०७

काठमाडौँ । आज बिहान देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement
NiccNicc

महाशाखाका अनुसार देशको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ । अन्य स्थानमा मौसम सफा रहेको छ।

शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाले आगामी चौबिस घन्टामा देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया