केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
मेरोन्यूज
२०७९ चैत १७ गते ७:०७

काठमाडौँ । आज बिहान देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ । अन्य स्थानमा मौसम सफा रहेको छ।
शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले आगामी चौबिस घन्टामा देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।
सम्बन्धित











सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण
तीन शीर्ष नेता भेटेपछि सरकारका प्रवक्ताले भने – निर्धारित मितिमै चुनाव हुन्छ, सबै दलले भाग लिन्छन्
फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
प्रतिक्रिया