आईपीएलको पहिलो खेलमा आज गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्स भिड्ने

काठमाडौँ । भारतको चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आजदेखि सुरू हुँदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने उद्घाटन खेलमा गुजरात टाइटन्स र चेन्नाई सुपरकिंग्स भिड्ने भएका छन्।
अलराउन्डर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाईबीचको खेल शुक्रबार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।
पहिलो खेलमै चर्चित क्रिकेटर आमनेसामने हुने हुँदा आईपीएलको उद्घाटन खेल रोचक बन्ने देखिएको छ।
अघिल्लो सिजनबाट डेब्यु गरेको गुजरातले डेब्यूमै उपाधि उचालेको थियो।
गुजरातको टोलीमा अभिनव मनोहर, डेभिड मिलर, केन विलियमसन, शुभम गिल, ओडेन स्मिथ, विजय शंकर, राशिद खान लगायतका खेलाडी छन्।
१६ औं संस्करणसम्म आइपुग्दा चेन्नाईले ४ पटक आइपिएलको उपाधि जितेको छ। चेन्नाई २००८, २०१०, २०१८ र २०२१ मा आईपीएलको च्याम्पियन बनेको थियो।
धोनीको कप्तानीमा रहेको चेन्नाईमा अजिन्क्य रहाने, अम्बती रयुदु, शैक रशिद, सुभ्रन्शु सेनापती, अजय मण्डल, बेन स्टोक्स, कानुमुरी भगत वर्मा, डवाइन प्रिटोरियस, मिचेल सान्तनर, रविन्द्र जडेजालगायतका खेलाडी छन्।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया