चिनियाँ राष्ट्रपतिलाई युक्रेनी समकक्षीसँग वार्ता गर्न स्पेनी प्रधानमन्त्रीको आग्रह

स्पेनका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई युक्रेनी समकक्षीसँग कुरा गर्न आग्रह गरेको बताउका छन् ।
बेइजिङस्थित स्पेनी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेन जारी युद्धबारे आफूले सी र अन्य शीर्ष चिनियाँ अधिकारीसँगको भेटमा ‘चीनको अडान’ बारे छलफल गरेको बताएका हुन् ।
उनले रूसी नेता भ्लादिमिर पुटिनले युरोपेली सङ्घ (ईयू)को शान्ति र कल्याणका लागि बहुपक्षीय परियोजनालाई कमजोर बनाउन खोजेको आरोप पनि लगाए ।
“मैले राष्ट्रपति सीलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग युक्रेनी सरकारको यो शान्ति योजनाबारे प्रत्यक्ष जानकारी लिन कुराकानी गर्न प्रोत्साहित गरें,” सान्चेजले भने ।
जेलेन्स्कीले पटक–पटक सीसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै आएका छन् तर पुटिनसँग पटक–पटक वार्ता भए पनि चिनियाँ नेताले युक्रेनसँगको छलफलका लागि अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
बेइजिङले गत महिना युक्रेनको सङ्कटको ‘राजनीतिक समाधान’ का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो ।
युक्रेनका सहयोगीहरूले तुरुन्तै यो दस्तावेजमाथि शङ्का गरेका थिए भने यसलाई कीभले स्वागत गरेको थियो ।
सान्चेजले शुक्रबार द्वन्द्वमा आणविक हतियारको प्रयोगको विरोध गर्ने बेइजिङको अडान र ‘क्षेत्रीय अखण्डता’का लागि चीनको घोषित समर्थनको पनि स्वागत गरेका थिए ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया