लाओसलाई हराउँदै नेपालले उचाल्यो थ्री नेसन्स कपको उपाधि
मेरोन्यूज
२०७९ चैत १७ गते १९:३९

काठमाडौँ । खेल सकिन तीन मिनेट बाँकी हुँदा मनिष डाँगीले गरेको निर्णायक गोलसँगै थ्री नेसन्स कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २–१ ले हराएको हो । खेल १–१ गोलको स्थितिमा हुँदा ८७ औँ मिनेटमा डाँगीले गोल गरेका थिए ।
यसअघि १७ औँ मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो ।
भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेको हो ।
नेपालले उपाधिसहित पाँच हजार अमेरिकी डलर पुरस्कार पाएको छ । उपविजेताले दुई हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।
सम्बन्धित
















पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया