फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा

काठमाडौं । पशुपति मित्र मावि ‘बी’ र हिलारी ‘बी’ चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा पशुपति ‘बी’ ले नोब्सलाई २–० गोलले पराजित ग¥यो । विजेताका योगेश श्रेष्ठले दुवै गोल गरे । हिलारी ‘बी’ ले विनायकलाई ६–१ गेलले हरायो । विजयी टिमका लागि मानव भुजेलले ३ तथा इन्द्र कटुवाल र शिशीर श्रेष्ठले समान १–१ गोल गरे ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मनास्लु र बाल व्यवसायी केन्द्र माविले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
मनास्लुले क्लिन्टनमाथि ५–० जित दर्ता ग¥यो । मनास्लुका संगम तामाङ र सविना लिम्बूले २–२ तथा रवि तामाङले १ गोल गरे । बाल व्यवसायीले हेरिटेजलाई ४–० गोलले पाखा लगायो । जितमा विपिन खत्री र योगेन्द्र धामीले २–२ गोल गरे ।
खेलमा पशुपति ‘बी’ का योगेश श्रेष्ठ, हिलारी ‘बी’ का मनाव भुजेल, मनास्लुका संगम तामाङ र बाल व्यवसायीका विपिन खत्री ‘म्यान अफ द म्याच’ घोषित भए ।
सेमिफाइनलमा बाल व्यवसायीको भेट पशुपति ‘बी’ संग हुनेछ भने मनास्लुले हिलारी ‘बी’ विरुद्ध प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल सोमबार हुनेछ ।
















होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया