युएईबाट अफगानिस्तानलाई चिकित्सा सहायता, खाद्यान्न प्रदान

काठमाडौँ । अफगानिस्तानका भूकम्प पीडितहरूलाई सहायता प्रदान गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्स (युएई)ले प्रकोप पीडितहरूलाई तत्काल चिकित्सा र खाद्य सामग्री पठाएको छ ।
खामा प्रेसले उल्लेख गरेअनुसार युएईको विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले शुक्रबार अफगान जनतालाई सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।
‘आज युएईले ३८ टन अत्यावश्यक चिकित्सा र खाद्य सामग्री बोकेको एउटा विमान अफगानिस्तान पठाएको छ, यस आपूर्तिले उत्तरपूर्वी अफगानिस्तानमा आएको भूकम्पबाट प्रभावित हजारौं अफगान परिवारहरूलाइ सहयोग पुर्याउने छ,’ खामा प्रेसले युईए मन्त्रालयलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको यी वस्तुहरूको अत्यावश्यक आपूर्तिले महिला, बालबालिका र वृद्धवृद्धाहरू साथै पीछडिएका समूहका लागि तत्काल मानवीय सहायतामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
‘यी आपूर्तिहरू प्रदान गर्नु प्राकृतिक प्रकोपबाट प्रभावित देशहरूलाई तत्काल राहत प्रदान गर्न र महिला, बालबालिका र वृद्धहरू जस्ता कमजोर समूहका लागि मानवीय सहयोग बढाउन युएईको स्थायी प्रयासहरूको एक हिस्सा हो,’ अफगान समाचार एजेन्सीले लेखेको छ ।
यस हप्ता अफगानिस्तानमा आएको ६.५ म्याग्निच्युडको भूकम्पले दश जनाभन्दा बढीको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए । अफगानिस्तानको बदख्सान, तखार, पञ्जशिर र कुनारसहितका ठाउँमा करिब ६६५ घरहरू भूकम्पका कारण क्षतिग्रस्त भएका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया