तल्लो अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै राहुल गान्धी

काठमाडौं। गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिएका भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायलयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएका छन् ।
गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । नेता गान्धीले सोमबार सेसन कोर्टको उक्त सजायविरुद्ध भोलि पुनरावेदन गर्ने उनको पार्टीका वरिष्ठ नेताहरूले बताएका छन् ।
नेता गान्धीको कानुनी समूहका एक सदस्यले नाम सार्वजनिक नगर्न अनुरोध गर्दै पिटिआईलाई भनेका छन् ।उच्च अदालतमा पुनरावेदन गर्न उक्त अदालतले उनलाई अवसर दिँदै ३० दिनको लागि सजाय स्थगन गरेको थियो ।
मानहानी मुद्दामा दोषी ठहर गरेपछि लोकसभा सदस्य रहेका गान्धी विधायकका निम्ति अयोग्य घोषित हुँदै पदमुक्त भएका थिए । बाउन्न वर्षीय गान्धीलाई भारतीय दण्ड संहिता (आइपिसी) धारा ४९९ र ५०० अन्तर्गत अदालतले दोषी ठहर गरेको थियो । विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी भएको ठहर अदालतले आज उक्त आदेश गरेको हो ।
सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भएका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए ।
नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया