शुक्रबार, वैशाख १८, २०८३

उपराष्ट्रपतिले टिचिङ पुगेर लिए राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी

मेरोन्यूज २०७९ चैत २० गते ९:०८

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आज बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।

Advertisement
NiccNicc

पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शनिबार अस्पताल भर्ना गरेर चिकित्सकहरूको निगरानीमा राखिएको छ।

उनको उपचारमा संलग्न चिकित्सकहरूले पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी गराएको राष्ट्रपतिको सचिवालयले बताएको छ।

डा. महेश सिग्देल नेतृत्वमा ७ सदस्यीय चिकित्सक टोलीले राष्ट्रपतिको उपचार गरिरहेको छ । राष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै पुगेर यसअघि नै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

प्रतिक्रिया