चितवनमा ग्यास ट्यांकर पल्टिँदा एकको मृत्यु
मेरोन्यूज
२०७९ चैत २० गते १०:०८

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडौँतर्फ आउदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्यांकर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको हो ।
ट्यांकरमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ । अर्का एक जनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनका अनुसार दुर्घटना आज बिहान ६ बजे भएको हो । ट्यांकर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो ।
सम्बन्धित
















नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया