बिहीबार, वैशाख २४, २०८३

साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

मेरोन्यूज २०७९ चैत २० गते १७:१८

काठमाडौँ । साउदी अरबको ऊर्जा मन्त्रालयले मेदेखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।

Advertisement
NiccNicc

पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक)का केही अन्य देशहरू र सहयोगको घोषणा पत्रमा ओपेक सहभागी नभएका देशहरूको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वैच्छिक कटौती ३३ औँ ओपेक र गैर ओपेक मन्त्री स्तरीय बैठकमा सहमति भएको उत्पादनमा अतिरिक्त कटौती हो । मन्त्रालयले यो निर्णय विश्वव्यापी तेल बजारको स्थिरतालाई समर्थन गर्ने उद्देश्यले सावधानीको उपाय भएको जनाएको छ ।

सेप्टेम्बर २०१८ को एक प्रतिवेदनअनुसार विश्वको तेल उत्पादनको ४४ प्रतिशत र ८१.५ प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मूल्यमा ओपेकको ठूलो प्रभाव रहेको छ ।

प्रतिक्रिया