सोमबार, मंसिर १५, २०८२

ए डिभिज लिगः पुलिसलाई एपीएफले हरायो

मेरोन्यूज २०७९ चैत २० गते १७:४६

काठमाडौं । शहिद स्मारक ए डिभिज लिग अन्तर्गत विभागीय भिडन्तमा एपीएफले जित हासिल गरेको छ ।

सोमबार च्यासल मैदानमा सम्पन्न खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २(० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा एडमा डोउम्बिया र सबिन गुरुङले एक एक गोल गरेका थिए ।

यो जितपछि एपीएफको ६ खेलमा १० अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।

त्यस्तै नेपाल पुलिसले भने जारी लिगमा पाँचौ हार बेहोरेको छ । पुलिसको ६ खेलमा एक अंक छ र अंकतालिकामा पुछारमा रहेको छ ।

प्रतिक्रिया