आईपीएलमा चेन्नाईको पहिलो जित, लखनऊ १२ रनले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले लखनऊ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ।
सोमबार राति भएको खेलमा चेन्नाईले पहिला व्याटिङ गर्दै २० ओभरमा सात विकेट गुमाएर २१७ रन बनाएको थियो । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको लखनऊले जवाफी व्याटिङमा सात विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो ।
२१८ रनको लक्ष्य पछ्याएको लखनउmले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो ६ ओभरमा ८० रन बनाएको लखनऊका ओपनर काइल मेयर्सले २२ बलमा ५३ रन बनाए । उनले आठ चौका र दुई छक्का प्रहार गरे ।
लखनऊका लागि निकोलस पूरनले ३२, आयुष बडोनीले २३, कृष्णप्पा गौतमले १७ र मार्क वुडले १० रन, मार्कस स्टोइनिसले २१ र कप्तान केएल राहुलले २० रन बनाए । चेन्नईका लागि मोइन अलीले ४, तुषार देशपाण्डेले २ र मिचेल सान्टनरले एक विकेट लिए ।
पहिला व्याटिङ गरेको चेन्नाईका लागि ओपनरद्वय ऋतुराज गायकवाड र डेभोन कोनवेले उत्कृष्ट सुरुवात गरे । ऋतुराजले लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदा ३१ बलमा तीन चौका र चार छक्काको मद्दतमा ५७ रन बनाए ।
डेभोन कोनवेले ४७, अम्बाती रायुडुले २७, शिवम दुबेले २७, मोइन अलीले १९ र कप्तान महेन्द्र सिंह धोनीले १२ रन बनाए ।
लखनऊका लागि मार्क वुड र रवि बिश्नोईले तीन÷तीन तथा आवेश खानले एक विकेट लिए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया