ए डिभिजन लिगः सातदोबाटोलाई हराउँदै जावलाखेल शिर्ष स्थानमा

काठमाडौं । जावलाखेल युथ क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो ।
जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरेका थिए । त्यस्तै सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काए ।
जारी लिगमा जावलाखेलको छैटौं खेलमा चौंथो जित हो भने सातदोबाटोको यो दोस्रो हार हो । यो जितपछि जावलाखेलको ६ खेलमा १३ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी सातदोबाटोको ६ खेलमा १२ अंक छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै आजै च्यासल मैदानमा सम्पन्न अर्को खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल मैदानमा मंगलबार एनआरटी र चर्च ब्वाइजले २-२ गोलको बराबरी खेलेका हुन् ।
चर्च ब्वाइजका लागि आशिष चौधरी र कप्तान अनन्त तामाङले एक एक गोल गरेका थिए भने एनआरटीका लागि रोशन खड्गी र सरोज तामाङले एक एक गोल गरेका थिए ।
यस बराबरीसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ भने चर्च ब्वाइजको ६ खेलमा १२ अंक भएको छ ।









श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज साेमबार, कुन विदेशी मुद्राको विनिमयदर कति ?
विच्छाको सांसद पद खारेज गर्न मधेश प्रदेश सभामा राप्रपाको पत्र
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
प्रतिक्रिया