आईपीएलमा गुजरातको लगातार दोस्रो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । मंगलबार साँझ भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै गुजरात दोस्रो जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेट गुमाएर १६२ रन बनाएको थियो । गुजरातले त्यो लक्ष्य ११ बल बाँकी रहँदै ४ विकेट गुमाएर भेट्टायो ।
टस हारेर ब्याटिङ गरेको दिल्ली क्यापिटल्सलाई २९ रनमा पहिलो विकेट गुमाएको थियो । दिल्लीका ओपनर पृथ्वी शा ७, मिचेल मार्स ४, कप्तान डेभिड वार्नर ३७, अभिषेक पोरेल २०, सर्फराज खानले ३० र अक्षर पटेलले ३६ रन बनाए । गुजरात टाइटन्सका लागि मोहम्मद सामी र राशिद खानले ३–३ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्सलाई २२ रन बनाउँदा पहिलो झटका लाग्यो । ऋद्धिमान शा तेस्रो ओभरमा १४ रन बनाएर आउट भए । शुभमन गिल १४, कप्तान हार्दिक पाण्ड्या ५, साई सुदर्शन ६२ र विजय शंकर २९ रन बनाए । दिल्लकिा एनरिच नोर्ट्जेले २ विकेट लिए ।
















भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया