सशस्त्र प्रहरीको गोताखोरले फेला पार्यो माघ ९ गते सेती नदिमा बेपत्ता भएका गुरुङ्गको शव

काठमाडौं । सेती नदिमा हाम फालेर बेपत्ता भएका बिश्व बहादुर गुरुङ्गको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।
कास्की जिल्ला माछापुच्छे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षिय बिश्व बहादुर गुरुङ्गको शव चैत्र २२ गते बुधबार सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।
बिश्व बहादुर गत माघ ९ गते उक्त नदिमा हाम फालेर बेपत्ता भएका थिए । जिल्लाको पोखरा महानगरपालिका १६ दिपस्थित के।आई। सिंह पुलबाट पोखरा महानगरपालिका १९ लामाचौर बस्ने ३१ वर्षिया अल्का गुरुङ्ग चैत्र २१ गते मंगलबार उक्त नदिमा हाम फालेको भन्ने खबर प्राप्त भए पश्चात नम्बर २४
कालिका गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले उनको खाजीकार्यका लागि निस्केका बेला बिश्व बहादुर गुरुङ्गको शव फेला पारेको सशस्त्र प्रहरीका नाय शैलेन्द्र थापाले जानकारी दिए । खोजीमा निस्केका गुरुङ्गको भने खोजीकार्य जारी रहेको पनि थापाले बताए ।
विश्ववहादुरको शव पोष्ट मार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
















बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया