आईपीएलमा केकेआरसंग आरसीबी ८१ रनले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा कोलकता नाइट राइडर्स (केकेआर) फराकिलो अन्तरले विजयी भएको छ । गयराति भएको खेलमा केकेआरले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई ८१ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । जवाफमा आरसीबीले १७.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।
टस हारेर पहिला व्याटिङ गरेको केकेआरका लागि ओपनर रहमानुल्लाह गुरबाजले ६ चौका र तीन छक्काको मद्दतमा ५७ रन बनाए । शार्दुल ठाकुरले सिजनको सबैभन्दा छिटो २० बलमा अर्धशतक बनाए । शार्दुलले २९ बलमा ९ चौका र तीन छक्कासहित ६८ रन बनाए । रिंकु सिंहले ४६ रन बनाए । आरसीबीका लागि डेभिड विली र कर्ण शर्माले २–२ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा आरसीवीका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । आरसीवीका विराट कोहली २१, फाफ डब्ल्यू सिस २३, ग्लेन म्याक्सवेल ५, माइकल ब्रेसवेल १९, डेभिल विली २० र आकाश दीपले १७ रन बनाए ।
कोलकाता नाइट राइडर्सका लागि वरुण चक्रवर्तीले चार, सुयश शर्माले तीन र सुनिल नारायणले दुई विकेट लिए । केकेआरले जारी आईपीएलमा पहिलो जित दर्ता गरेको हो भने आरसीबीको यो पहिलो हार हो ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया