आइतबार, माघ १८, २०८२

दिदी-बहिनीले लगाएको सुन लुट्न हत्या, सात जना नियन्त्रणमा

मेरोन्यूज २०७९ चैत २६ गते १५:३४

काठमाडौँ । रुकुम (पूर्व)मा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगंगा गाउँपालिका ३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।

यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । एघार वर्षीया रिना बुढा मगर र नौ वर्षीया कालिमाया बुढा मगरलाई हत्या गरेर भिरमा फालिएको आशंकामा प्रहरीले शंकास्पद सात जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिए ।

दुवै जनाले लगाएको गहना लुटपाट भएकाले उनीहरूको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया