घुस काण्ड: रवि सरलाई सहयोग गर्नेबाट कुरा आयो, मन्त्री बन्न उधारो हुन्न भन्छन्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले साढे दुई करोड पार्टी सभापति रवि लामिछानेलाई दिनु पर्ने भन्दै घुस मागेको अडियो सार्वजनिक भएको छ ।
पार्टीले आफूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि साढे दुई करोड मागेको र त्यसको व्यवस्थापन गर्न भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग माघ १ गते सांसद श्रेष्ठले घुस मागेका हुन् ।
उनले मन्त्री बन्नुअघि एक करोड रुपैयाँ बुझाए पनि हुने र बाँकी चेक दिने भनेका छन् । उनले उधारो नमान्ने भन्दै प्रसाईंसँग पैसा मागेका हुन् ।
‘कपुरबोट टीभी’ले सार्वजनिक गरेको अडियो वार्तालापको अंशः
दुर्गा प्रसाईंः नमस्ते, के छ नि हालखबर ?
ढाकाकुमार श्रेष्ठः ठिक छ सर । म नि भर्खरै उठेको ।
दुर्गाः ए, त्यै त म नि, राति मैले पनि फोन अफ गरेँ । फोन अफ भनेको सुत्ने टाइम भयो होला, फोन चार्जमा पनि राखेको । के भने नि खास्सै कुरा के हो ? मलाई भन्नुस् त डक्टर साप !
ढाकारामः स्वास्थ्य हामीले पाउने भयो । पार्टीलाई अलिकति सहयोग गर भनेर आन्तरिक तरिकाले कोर टीम छ दुई-तीन जनाको तिनीहरूले भनिरहेका छन् । मलाई दुई जति चाहियो, साढे दुई जति चाहियो भन्दैथिए मलाई हिजो । मेरो पक्का चाहिँ पक्का भयो । त्यो आज मैले फिक्स गर्नुछ दाइ, सर । अलिकति आर्थिकमा म त्यस्तो पनि छैन । मन्त्री पनि बन्नुपर्यो । अब यो धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सुधार पनि गर्नुछ । मैले धेरै गर्छु भनेर सोचे गरेको छु । अब त्यसमा हजुरहरूको सपोर्ट सहयोग चाहियो ।
दुर्गा: एउटा कुरा बुझ्न खोजेको । डक्टरसाप मैले त स्वतन्त्र पार्टीमा डाक्टर भनेको हाम्रो तोसिमा कार्की मात्रै छिन् भनेर बुझ्या थिए त ?
ढाकाराम: होइन हामी तीन जना छौं ।
दुर्गा: को को हुनुहुन्छ ?
ढाकाराम: म भए, तोसिमा भयो, अनि चन्दा कार्की ।
दुर्गा: साँच्चि चन्दा म्याम पनि पो हुनुहुन्छ त है । डाक्सापको घर चाहिँ कहाँ हो ?
ढाकाराम: मेरो पोखरा हो सर ।
दुर्गा: ए, अनि एमबीबीएस कहाँ गरेको तपाईंले ?
ढाकाराम: मैले चाइनामा ।
दुर्गा: अनि एमडी ?
ढाकाराम: एमडी मैले गरेको छैन । म एमएस मात्रै हो । पछि यता अर्कैतिर पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर आएँ ।
दुर्गा: अब हेर्नुस् है, धेरै ठूलो समस्या छ स्वास्थ्यमा, हैन डक्टरसाप । देशमा भएका नर्सिङ क्याम्पस बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । मैले त जहिले भनेको छु, दुबईका डान्सबारमा हाम्रा चेलीबेटीले डान्स गर्नुभन्दा नर्स पठाउँ । हो कि होइन ?
ढाकाराम: हो नि त ।
दुर्गा: मैले त डक्टर उत्पादन गरौं बरु १०० वटा मेडिकल कलेज खोलौं विदेशबाट इन्डियाबाट विद्यार्थी ल्याउँ पढाउँ ।
ढाकाराम: हो नि त ।
दुर्गा: हस्पिटल फ्री गरौं । कति राम्रो कुरा गरेको मैले ।
ढाकाराम: हो नि ।
दुर्गा: त्यस्तो छ । डक्टरसापको नाम चाहिँ ढकबहादुर के हो ?
ढाकाराम: ढाकाकुमार श्रेष्ठ ।
दुर्गा: ढाकाकुमार श्रेष्ठ, आच्छा ! मैले त्यो कुरो बुझेँ । सल्लाह गरेर अघि बढौंला । अनि फेरि तपाईंसँग एउटा कुरा भन्न खोजेको । हामी त ह्वाट्सएपमा छौं केही मतलब भएन । अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा ।
ढाकाराम: स्वास्थ्य, शिक्षा मुकुलजीलाई त्यति थाहा छैन सर यो । आन्तरिक कुरा हो । मुकुलजी पनि कोर टीममा हुनुहुन्न । उहाँ बाहिर महामन्त्री नै हो । अब हजुरलाई पार्टीको कुरा गर्दाखेरि, त्यहाँ दुईतीन जना छुट्टै हुनुहुन्छ पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई । त्यो टीमबाट मलाई कुरा आएको हो । आज मैले फिक्स गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि ।
दुर्गा: क्यास अढाइ करोडको कुरा । दुई करोड ?
ढाकाराम: दुई, साढे दुई भनेका छन् । मैले अहिले १ दिए भनेपनि मान्छन् होला । पछि चेक दिए पनि मान्छन् दुई तीन दिनको ।
दुर्गा: फेरि आज बन्द छ नि त १ आज बन्द छ । फेरि ९ लाख ९९ हजारभन्दा माथिको चेक साटिँदैन । सुन्नुस् क्लियर कुरा । एउटा टाइम राखेर म दिन्छु । तपाईंले भनिहाल्नुभयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ।
ढाकाराम: हैन, त्यो त म गर्छु । मलाई त यो दिक्क लाग्छ गोविन्द केसी देखेर । कहिले मर्छ जस्तो लाग्छ मलाई त। पुरै जेनेरेसन पढ्न नपाएको पनि तिनले गर्दा हो ।
दुर्गा: मैले मेरो छोरीलाई जापान पठाउनुपर्यो त्यो टोकियो युनिभर्सिटीमा ३ करोड तिरेर एमडी गर्नलाई । यहाँ आफ्नोमा छ रेडिएसन अंकोलोजी, पढाउन पाइनँ भैले ।
ढाकाराम: त्यै त यो सबै बेथिति छ ।
दुर्गा: मेरो त हेर्नुस् न म त कति मरेको छु । मेरो मेडिकल कलेज हेर्नुस त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौं उपत्यका बाहिर मेची अञ्चलमा । ल भन्नुस् त ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नुस् त ? म त मर्न मात्रै बाँकी छ।
ढाकाराम: त्यै त १ यो हटाउनपर्छ सर यस्ता कुराहरू । यो समस्या समाधान गर्नुपर्छ ।
दुर्गा: अनि शिक्षा चाहिँ कसले लिने भएछ सर भाइ ? शिक्षा चाहिँ कसले लियो डक्टरसाप ।
ढाकाराम: शिक्षा हामीलाई परेन जस्तो छ सर ।
दुर्गा: शिक्षा हाम्रा हजुरबुबाले राखे होलान् ।
ढाकाराम: सायद राखे होलान् शिक्षा
दुर्गा: किनभने मलाई यसपाली एफिलिएसन पनि दिनु पर्नेछ कि हजुरबुबाले । सबै कुरा सकिएको छ । काठमाडौं युनिभर्सिटी एफिलिएसन दिएको छ । संख्या मात्रै तोकिदिएको छैन । त्यो त नारायणकाजीको मान्छे हो नि त गिरि । त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्यो १ ल यसो गर्नुस् त ।
ढाकाराम: निश्चिन्त हुनुस् काम मिलेर गर्ने हो, तपाईं म ।
दुर्गा: एकछिन एकछिन । यहाँ सुन्नुस् । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ २ गते । आज त छुट्टी भइगयो । म भोलि बेलुका हजुरबुबासँगै काठमाडौं आउँछु । भोलि बेलुका भेटुँला । तपाईंको ग्यारेन्टी गर्नुस् । अब तपाईंलाई मैले गर्ने सहयोग गर्छु । तपाईंले जुन भन्नुभयो नि दुई, म आएर गरौंला । तर अलिकति टाइम लाग्छ है । पैसा मिलाएर निकाल्नुपर्छ । त्यत्तिकै हचुवामा निक्लिँदैन । अहिले त बैंकले जम्मै सिस्टम खोज्छ । त्यति सजिलो हुँदैन । भकभक बाकसमा पैसा ल्याएर गाह्रो छ । कुरो बुझ्नुभयो के रु त्यो कसैले पनि दिन सक्दैन आजको आजै पैसा । नेपालमा कसैले सक्दैन ।
ढाकाराम: त्यै त ।
दुर्गा: हिजो पुस मसान्त । हिजो ब्याज बुझाइयो ।
ढाकाराम: हजुरलाई नि साह्रै गाह्रो छ होला है विचरा ।
दुर्गा: गाह्रो छ नि १ मैले त हिजो पुस मसान्त ब्याज बुझाए । मेरो स्वास्थ्य बीमाको पैसा १४ र १५ करोड पैसा अझै दिएन स्वास्थ्य बीमाले अढाइ वर्षदेखि ।
ढाकाराम: बीमा पनि १२ अर्बको लगानी हुँदो रहेछ नेपालमा । बीमा पनि सबैतिर लागु गर्नुपर्नेछ ।
दुर्गा: बीमा कसरी लागु गर्ने म भनिदिन्छु हैन । तपाईंले एउटा कुरा के ग्यारेन्टी गर्नुस् भने म २ करोड दिने भए तपाईंलाई । यो पैसा पनि तपाईंले उही रवीलाई पनि बुझाउनुपर्ला नि त हैन ? भोलि पर्सी ।
ढाकाराम: अँ । मैले रवी सरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन । बाहिरको दुई तीन जना साथीहरू हुनुहुन्छ । उहाँहरूलाई दिने हो । पार्टीलाई जान्छ भनेका छन् के रे ।
दुर्गा: पार्टीमा पनि सबै कमाउनेकै हुन् नि भाइ ।
ढाकाराम: कसरी गर्छन् थाहा छैन । पार्टीमा जान्छ कि जान्न त्यो पनि मलाई थाहा छैन । सोधेकै छैन के । पार्टी कमजोर छ । सुरुवाती क्षण पनि छ । साह्रै गाह्रो छ भन्या छन् ।
दुर्गा: ल सर म भोलिबेलुका नभए पर्सी आउँछु अनि दाजुभाइ भेटुँला नि त । तपाईंले ग्यारेन्टी गर्नुस् म दिन्छु भनेर । तर मलाई अलिकति टाइम चाहियो भन्नुस् ।
ढाकाराम: अँ हुन्छ। म त्यै कुरा गर्छु सर । हजुर भोलि आउनुहन्छ बेलुका ?
दुर्गा: अँ म भोलि बेलुका । हजुरबुबा आउने भएर बस्नुपर्छ कि । अनि म भोलि आउँछु । है डक्टरसाप ।
ढाकाराम: ल तपाईं म सबै के के गर्नुपर्छ सल्लाहले ।
दुर्गा: मैले तपाईंले एउटा कुरो के ग्यारेन्टी गरे भने दूई करोड दिने ग्यारेन्टी गरेँ । तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु । म आएर मिलाइदिन्छु । त्यसमा पीर नगर्नुस् उनीहरूसँग टाइम माग्नुस । म दिन्छु भनेर भन्नुस् सकियो कुरा । तपाईं र म एक ठाउँमा भेट्नुपर्छ । भेटिराख्नु पनि पर्दैन । फोन गर्नु नि पर्दैन । तपाईंलाई म जति भिडेको छु नि स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ । दुई करोडको म ग्यारेन्टी दिन्छु । तपाईं पीर नगर्नुस् अघि बढ्नुस् है । अनि तोशिमाले फेरि लडाइँ त गर्दिनन् नि ? तोसिमा कार्कीले तपाईंसँग ?
ढाकाराम: गर्दिनन्, गर्दिनन् । केही समस्या छैन । त्यै टीमले गरेपछि सकियो । रवि सरलाई म्यान्डेट दिएका छौं । उहाँले जसलाई राख्नुभयो भयो । ।
दुर्गा: फेरि तोसिमाले पैसा निकाल्न पनि सक्दैनन् । तोसिमाले पैसाको कुरा गर्न पनि सक्दैनन् किन भन्नु न गोविन्द केसीको मान्छे भन्छन् । उसले कहीँ कुरै गर्न मिल्दैन । उसँग डराउँछन् ।
ढाकाराम: तिनी मन्त्री भइन् भने पनि काम पनि छैन । केही छैन ।
दुर्गा: हस् ! हस् भाइ ! हस् डक्टरसाप ।
ढाकाराम: हस् नमस्कार ।
















बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया