घुस मागेको संवाद बाहिरिएसँगै ढाकाकुमारसँग पार्टीले माग्यो स्पष्टीकरण
मेरोन्यूज
२०७९ चैत २६ गते १६:५८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ ।
स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले दुई करोड रुपैयाँ दिनु पर्ने भन्दै स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद बाहिरिएपछि रास्वपाले स्पष्टीकरण मागेको हो ।
पार्टीका महामन्त्री डा. मुकुल ढकालले उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पेश गर्न भनेका हुन् ।
‘डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छाननि गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिइएको छ’ विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित
















नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया