आइतबार, माघ १८, २०८२

घुस मागेको संवाद बाहिरिएसँगै ढाकाकुमारसँग पार्टीले माग्यो स्पष्टीकरण

मेरोन्यूज २०७९ चैत २६ गते १६:५८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ ।

स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले दुई करोड रुपैयाँ दिनु पर्ने भन्दै स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद बाहिरिएपछि रास्वपाले स्पष्टीकरण मागेको हो ।

पार्टीका महामन्त्री डा. मुकुल ढकालले उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पेश गर्न भनेका हुन् ।

‘डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छाननि गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिइएको छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया