ए डिभिजन लिगः मछिन्द्र क्लबको दोस्रो जित

काठमाडौं । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले दोस्रो जित निकालेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै मछिन्द्रले दोस्रो जित निकालेको हो ।
मछिन्द्रको जितमा विमल घर्ति मगर र आफिज ओलावालेले एक एक गोल गरे । संकटाका लागि मनिष डाँगीले एक गोल फर्काए । खेलको २० औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ४६ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई २–१ को जित दिलाए ।
जितसँगै मछिन्द्रले ७ खेलमा ९ अंक जोडेको छ भने संकटको ९ अंक छ । यस्तै खेलको इन्जुरी टाइममा मछिन्द्र क्लबका छिरिङ गुरुङ घाइते भएका छन् । आफ्नै टीमका खेलाडीसंग ठक्कर खाएपछि उनी मैदानमा ढलेका थिए । मैदानमै प्राथमिक उपचारपछि उनलाई एम्बुलेन्समा अस्पताल लगिएको थियो ।
त्यस्तै आइतबार नै एन्फा मैदान सतादोवाटोमा भएको खेलमा न्युरोड टिम एनआरटीले हिमालयन शेर्पालाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको १४ औं मिनेटमा खमिर गिल्सनले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६७ औं मिनेटमा रोहन खड्कीले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा जेनिस प्रजापतिले गोल गर्दै एनआरटीलाई २–१ को जित दिलाए । जितसँगै एनआरटीले ७ खेलमा ६ अंक जोडेको छ । हिमालयनले ७ खेलमा ७ अंक जोडेको छ ।
















भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया