आईपीएलमा हैदरावादको पहिलो जित, पञ्जाव ८ विकेटले पराजित

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा सनराईजर्स हैदरावादले पञ्जाव किंग्सलाई ८ विकेटले पराजित गर्दै सिजनको पहिलो जित निकालेको छ । गयराति राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पञ्जावले तेस्रो खेलमा पहिलो हार व्यहोरेको हो ।
पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो । जवाफमा सनराइजर्सको टोलीले १७.१ ओभरमा दुई विकेट गुमाएर १४५ रन बनायो
शिखर धवनले ६६ बलमा १२ चौका र ५ छक्काको मद्दतमा नटआउट ९९ रन बनाएपछि पञ्जावले १४३ रन बनाउन सक्यो । पञ्जाबका नौ ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
मध्यक्रमका ब्याटर जितेश शर्मा, साम करण र सिकन्दर रजाले पञ्जाबलाई सबैभन्दा निराश पारे । जितेशले ४, साम करणले २२, सिकन्दर रजाले ५ र शाहरुख खानले ४ रन मात्रै बनाउन सके ।
पछिल्लो दुई खेलमा खराब बलिङ गरेका हैदरावादका बलरले यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । हैदरवादका ओपनर मयंक अग्रवाल २१ र ह्यारी ब्रुकले १३ रन बनाए ।
सनराइजर्सका लागि राहुल त्रिपाठीले उत्कृष्ट अर्धशतक प्रहार गरे । उनले ४८ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै ७४ रनको बनाए । कप्तान एडेन मार्कराम २१ बलमा छ चौका प्रहार गर ि३७ रन बनाए । हैदरावादका लागि बलिङमा मयंक मार्कण्डेले ४ विकेट लिए ।
















बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया