शहीद स्मारक ‘ए’ डिभिजन लिगः आज ३ खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बुधबार ३ वटा खेलहरु हुने भएका छन् ।
लिगको आठौं चरण अन्तर्गत बुधबार दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुने भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र संकटाबीचको खेल बुधबार दिउँसो २ बजे सुरु हुने भएको छ ।
एनआरटी बुधबार दोस्रो जितको योजनामा हुने छ । एनआरटी ७ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । संकटा तेस्रो जितको खोजीमा हुनेछ । संकटा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ । यता, च्यासल मैदानमा एपीएफ क्लब र हिमालयन शेर्पाबीच खेल हुनेछ ।
दुई टोलीबीचको खेल बुधबार दिउँसो २ बजे सुरु हुनेछ । एपीएफ बुधबार चौंथो जितको योजनामा हुनेछ । एपीएफ ७ खेलमा ११ अंक जोडेर सातौं स्थानमा रहेको छ । त्यस्तै, रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुई टोलीबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । शीर्ष स्थानको मनाङ बुधबार पाँचौ जित निकाल्ने योजनामा रहेको छ । मनाङ ७ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सातदोबाटो पनि पाँचौं जितको योजनामा रहेको छ । सातदोबाटो १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
हिमालयन दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
















वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया