बिहीबार, वैशाख २४, २०८३

पञ्जाबमा भारतीय सेनाको क्याम्पभित्र गोली चल्दा ४ जनाको मृत्यु

मेरोन्यूज २०७९ चैत २९ गते १५:४९


भारतको पञ्जाबस्थित सैनिक क्याम्पमा गोली चल्दा चार जनाको मृत्यु छ । आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो ।

Advertisement
NiccNicc

सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो । घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो । घटनास्थल र वरपरको क्षेत्रलाई घेराबन्दी गरी घटनामा संलग्नको खोजी भइरहेको छ ।

घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया