मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

काठमाडौं । कैलालीको धनगढीमा प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे । कैलालीको फेन्सिङ सङ्घले आयोजना गरेको उक्त प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुने छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका लागि जलेन्द्र शाहीले स्वर्ण पदक प्राप्त गरेका थिए । कैलाली फेन्सिङ सङ्घका अध्यक्षसमेत रहेका शाहीको सक्रियतामा धनगढीलाई फेन्सिङको हव बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीले बताए।
युरोपबाट भित्रिएको उक्त खेलमा शाही विभिन्न देशमा भएका प्रतियोगितामा सहभागी भइसकेका छन । उनका अनुसार २० वर्षमुनिको खेल इपी र सेवर विद्यामा खेलाइने छ । दुवै विद्याका खेलमा महिला र पुरुषबीच अलगअलग प्रतियोगिता हुनेछ ।
इपी खेलमा शरीरभरि जुनसुकै भागमा ७ दशमलव ५ ग्रामको भार पुगेपछि अङ्क पाउने नियम छ भने सेवरमा कम्मरमाथि छोइएमा नम्बर दिने गरिन्छ । दुवै खेलको समयावधि तीन मिनेटको हुनेछ । खेलाडीले तीन मिनेटमा पाँच अङ्क पाउनका लागि खेल्ने गर्छन् । प्रतियोगितामा पहिलो हुनेले रू १५ हजार, दोस्रोले रू १० हजार र तेस्रोले रू पाँच हजार पुरस्कार पाउनेछन् ।
धनगढी रङ्गशालामा जारी प्रतियोगितामा सशस्त्र प्रहरी बल, कोशी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका ७६ खेलाडी सहभागी भएका छन् ।
















यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया