आईपीएलः कोलकातामाथि हैदराबादको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले कोलकाता नाइटड राइडर्समाथि २३ रनको जित हात पारेको छ । ह्यारी ब्रुकले जारी आईपीएलमा पहिलो शतक बनाउँदा रिंकु सिंहले फेरि एक पटक विस्फोटक इनिङस् खेले ।
इडेन गार्डेन्समा कोलकाताले टस जितर फिल्डिङ रोजेको थियो । हैदराबादले हेरी ब्रुकको शतकको मदतमा २० ओभरमा चार विकेट गुमाएर २ सय २८ रनको योगफल बनायो । ब्रुक र मयकं अग्रवालले ४.१ ओभरमा ४६ रनको साझेदारी गरे । जसमा ब्रुकको योगदान बढी रह्यो । आन्द्रे रसेलले मयंकलाइ ९ रनमा आउट गर्दै साझेदारी तोडे ।
राहुल त्रिपाठी पनि ९ रनमानै आउआउट हुनु अघि २६ बलमा ५० रन बनाए । ब्रुक एक सय रनमा अविजित रहे । ५५ बल खेलेट भए । ब्रुक र कप्तान एडेन माक्रमले इनिङस सम्हाले । माक्रमले वरुण चक्रवर्थीको बलमा का उनले १२ चौका र तीन छक्का प्रहार गरे । जारी सिजनको आईपीएलमा ब्रुक शतक बनाउने पहिलो खेलाडी हुन् । अभिषेक शर्माले ३२ रन थप्दा हेनरिच क्लासेन १२ रनमा अविजित रहे । रसेलले तीन विकेट लिए ।
जवाफमा कोलकाताले पुरै ओभर खेलेर ७ विकेटको क्षतिमा २ सय ५ रन मात्र बनायो । ओपनर रामानुल्लाह गुरबाज शून्यमा पभेलियन फर्किए । वेंकटेश ऐअर १० रनमा मैदान बाहिँरिदा सुनल नरेनले खाता खोल्न सकेनन् । नारायण जगदिशनले ३६ र कप्तान नितिश रानाले ७५ रन बनाएका थिए । रिंकुले ३१ बलमा ५८ रनको विस्फोटक ब्याटिङ गरेपनि जित सम्भव भएन । मार्को जानसेन र मयकं मार्कन्डेले २ – २ विकेट लिए ।
दुवै टिमको चार खेलबाट चार अंक छ । आईपीएलमा आज दिउँसो पौने चार बजे रोयल च्यालेन्सर्ज बेङलोर र दिल्ली क्यापिटल्स तथा साँझ पौने आठ बजे लखनउ सुपर जाइन्टस र पंजाब किंग्सबीच खेल हुनेछ ।
















यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया