आईपीएलः कोलकातामाथि हैदराबादको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले कोलकाता नाइटड राइडर्समाथि २३ रनको जित हात पारेको छ । ह्यारी ब्रुकले जारी आईपीएलमा पहिलो शतक बनाउँदा रिंकु सिंहले फेरि एक पटक विस्फोटक इनिङस् खेले ।
इडेन गार्डेन्समा कोलकाताले टस जितर फिल्डिङ रोजेको थियो । हैदराबादले हेरी ब्रुकको शतकको मदतमा २० ओभरमा चार विकेट गुमाएर २ सय २८ रनको योगफल बनायो । ब्रुक र मयकं अग्रवालले ४.१ ओभरमा ४६ रनको साझेदारी गरे । जसमा ब्रुकको योगदान बढी रह्यो । आन्द्रे रसेलले मयंकलाइ ९ रनमा आउट गर्दै साझेदारी तोडे ।
राहुल त्रिपाठी पनि ९ रनमानै आउआउट हुनु अघि २६ बलमा ५० रन बनाए । ब्रुक एक सय रनमा अविजित रहे । ५५ बल खेलेट भए । ब्रुक र कप्तान एडेन माक्रमले इनिङस सम्हाले । माक्रमले वरुण चक्रवर्थीको बलमा का उनले १२ चौका र तीन छक्का प्रहार गरे । जारी सिजनको आईपीएलमा ब्रुक शतक बनाउने पहिलो खेलाडी हुन् । अभिषेक शर्माले ३२ रन थप्दा हेनरिच क्लासेन १२ रनमा अविजित रहे । रसेलले तीन विकेट लिए ।
जवाफमा कोलकाताले पुरै ओभर खेलेर ७ विकेटको क्षतिमा २ सय ५ रन मात्र बनायो । ओपनर रामानुल्लाह गुरबाज शून्यमा पभेलियन फर्किए । वेंकटेश ऐअर १० रनमा मैदान बाहिँरिदा सुनल नरेनले खाता खोल्न सकेनन् । नारायण जगदिशनले ३६ र कप्तान नितिश रानाले ७५ रन बनाएका थिए । रिंकुले ३१ बलमा ५८ रनको विस्फोटक ब्याटिङ गरेपनि जित सम्भव भएन । मार्को जानसेन र मयकं मार्कन्डेले २ – २ विकेट लिए ।
दुवै टिमको चार खेलबाट चार अंक छ । आईपीएलमा आज दिउँसो पौने चार बजे रोयल च्यालेन्सर्ज बेङलोर र दिल्ली क्यापिटल्स तथा साँझ पौने आठ बजे लखनउ सुपर जाइन्टस र पंजाब किंग्सबीच खेल हुनेछ ।









अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया